FAQs Complain Problems

सञ्चार प्रविधीको प्रयोगले सुशासन र सहज सेवा प्रवाहमा सहयोग !!

नेपालगञ्ज, फागुन २९ गते– खुल्ला स्थानीय सरकारको अवधारणाले पारदर्शीता, उत्तरदायी र जनसहभागीता बढाएको ठहर गर्दै यसको थप प्रभावकारितामा जोड दिइएको छ ।
खुल्ला स्थानीय सरकारको संस्थागत विकासका लागि सञ्चालित सञ्चार प्रविधीका विविध कार्यक्रमले लोकतन्त्रको सुदृढीकरणसँगै सुशासन र सहज सेवा प्रवाहलाई आत्मसाथ गरेको अनुभव गरिएको छ । सूचना प्रविधिको क्षेत्रमा अमेरिकाले नेपालगञ्जमा गरेको सहयोगका कार्यक्रमबारे नेपालका लागि अमेरिकी राजदुत रेण्डी बेरी लगायतको टोलीले अवलोकन तथा अन्तरक्रिया गरेको छ । युएसआइडी र एफएचआई ३६० को सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको सहकार्यमा सञ्चालित पारस्परिक जवाफदेहिता परयोजना अन्तर्गत काठमाडौ लिभीङ ल्याबको प्राविधिक सहयोगमा वेभसाइड र एप्लीकेशन सञ्चालनमा छ । यो सेवा नेपालकै दोस्रो शहरका रुपमा नेपालगञ्जमा शुरु गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकामा सूचनाप्रविधिको विषयमा गरिएको अन्तरक्रियामा सहभागी हुँदै राजदुत बेरीले स्थानीय सरकार र नागरिक समाजबीचको समन्वय र सहकार्यले नै समृद्ध समाज निर्माण हुने बताउनु भयो । बेरीले प्रविधिलाई अपनाएर काम गर्दा विकासमा सहज हुने बताउदै थप प्रभावकारिताका लागि पनि प्रतिवद्धता व्यक्त गर्नु भयो ।
नगर प्रमुख डा. धवल शम्शेर राणाले खुल्ला स्थानीय सरकार पोर्टल र मोबाइल एप्लीकेशन लगायतका कार्यक्रम सञ्चालनले सेवा प्रवाहमा सहजता, पारदर्शीता, जवाफदेहीता र उत्तरदायी बनाउन मद्यत पुगेको विश्वास व्यक्त गर्नु भयो । राणाले नगरपालिकाले दिने सेवा सुविधालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने थप प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
उपप्रमुख उमा थापा मगरले सञ्चार प्रविधीसँग सम्वद्ध समग्र कार्यक्रमबारे जानकारी दिदै प्रविधीमैत्री सेवाले जनसेवा सहज र प्रभावकारी भएको विश्वास व्यक्त गर्नु भयो ।
सो कार्यक्रममा प्रवक्ता एन्डी डी आर्मेट, दूतावास सञ्चार संयोजक अपार पौडेल, एफएचआई ३६०का प्रमुख विष्णु सापकोटा, एफएचआई ३६०का उपप्रमुख सजना महर्जन, यूएसआइडीका सुशासन विज्ञ कृष्ण पाठक, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । वेभसाइडमा उपमहानगरपालिकाको प्रोफाइल, वेजट, परियोजना, सेवा, संशाधन, सूचना तथा गतिवीधी, नक्शा आदि सम्पूर्ण तथ्यहरु समावेश छन् । वडाका सम्पूर्ण सेवा, योजना प्रगतिसगै स्थानीय नागरिकहरुले निशुल्क टोलफ्री नम्बरमा फाने गरि आफनो समस्या राख्ने व्यवस्था समेत मिलाइएको छ ।
यस्तै नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ मा डिजिटल सेवाको सुभारम्भ गरिएको छ । राजदुत बेरी, नगर प्रमुख राणा, उपप्रमुख थापामगर, वडा अध्यक्ष दिपक बर्माले संयुक्त रुपमा सेवाको शुभारम्भ गर्नु भयो । राजदुत बेरीले जवाफदेहिता र आर्थिक पारदर्शिताका लागि डिजिटल डिस्प्ले सेवा नविनतम, सृजनशिल कार्य भएको बताउनु भयो । वडाध्यक्ष बर्माले डीजीटल सेवाले नगरवासीलाई सहज हुने विश्वास व्यक्त गर्नु भयो । वडा कार्यालयको प्रतिक्षालयमा ठूलो टेलिभिजनसँगै सूचना पार्टीहरु राखिएकोछ । सूचनामूलक सफ्टवेयर जडान गरि उपमहानगर र वडाका आधारभुत जानकारीसँगै सेवा, सुबिधा बारे सूचनाहरु राखिएको छ ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ जनप्रतिनिधि र स्थानीय सरोकारवाला बिच छलफल गरिएको छ । जवाफदेहिताका लागि आर्थिक पारदर्शीता कार्यक्रम अन्तगर्तको कार्यक्रममा दोहोरो सम्वाद गरिएको थियो । कार्यक्रममा राजदुत बेरीले जनता र जनप्रतिनीधीबीचको आमने सामनेले लोकतन्त्रको संस्थागत विकास, सुशासन र सेवा प्रवाहलाई मद्यत पुग्ने बताउनु भयो ।

Show in Slider: