FAQs Complain Problems

सडक पेटी खाली गराइयो !!

नेपालगञ्ज असोज १२ गते– नेपालगञ्जमा पैदलयात्रुको आवागमन व्यवस्थित बनाइदैछ । नेपालगन्ज उप महानगरपालिकाले सडक क्षेत्रमा सडक अतिक्रमण हटाउन सुरु गरेको छ । पैदलयात्रुको आवागमनमा अवरोध हुने गरि सडक पेटी तथा फुटपाथ कव्जाको प्रयास भएपछि उपमहानगरपालिकाले फुटपाथ क्लीयर बनाउने अभियान शुरु गरेको हो । ढल तथा नालामाथिको फुटपाथमा ठेला राख्ने, पसलेले सामान÷बोर्ड÷मोटरसाइकल राख्ने गर्नाले आवागमनमा कठिनाई हुनुका साथै कुरुपता बढदै गएपछि शुक्रबार कार्यवाहक नगर प्रमुख उमा थापा मगर नेतृत्वको टोलीले सुर्खेतरोडबाट सडक अतिक्रमण हटाउन सुरु गरेको हो । प्रहरी दस्तासहित जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक अरुण पौडेल, वडा अध्यक्षहरु सुनिलसिंह हमाल, मो सफीक वेहना, उपमहानगरपालिकाका निरीक्षण शाखाका प्रमुख पवन कनोजीया, नगर प्रहरी सहितको टोलीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अष्पताल अगाढीबाट फुटपाथ खाली गराउन शुरु गरेको थियो । दिउसो चर्को घाममा शुरु गरिएको सडकपेटी खाली गर्ने अभियान अन्तगर्त आज धम्वोझी सम्म दुवै तर्फ खाली गराइएको छ । सहज हिडडुल गर्न नसक्ने गरि सडक पेटीमा राखिएका ठेला, सर सामान ,साइकल, हेल्मेटहरु नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएको दुई ट्रक सरसामान फिर्ता नगरिने पनि उपमहानगरपालिकाले जनाएको छ ।

यस अघि तेस्रो नगरसभाले माइकिङ गरेर सचेत गराउने, खाली नगरिए जफत गरिएको सामान फिर्ता नगर्ने निर्णय गरिसकेको छ । सचेत गराउँदा गराउँदै सडकपेटीमा सामान राखेको पाइएमा थप कारवाही गरिने निरिक्षण शाखाका प्रमुख कनोजीयाले जानकारी दिनु भयो । अभियानको निरन्तरतासँगै थप प्रभावकारी बनाइनु पर्ने यात्रुहरुको माग छ । केही ठेला उठाइदा फुटपातमा बसेर ठेला व्यापार गर्नेहरुले उपमहानगरपालिका विरुद्ध नारावाजी गर्दै केही बेर मुलगेट घेराउ गरेका छन् । थप छलफलका लागि ठेला व्यवसायी व्यवस्थापन समितिका पदाधिकारीलाई आइतबार उपमहानगरपालिका बोलाइएको कार्यवाहक नगर प्रमुख थापाले बताउनु भयो । नगरका थप सडक पेटी समेत व्यवस्थित गरिने उपमहानगरपालिकाले जनाएको छ ।

Show in Slider: