FAQs Complain Problems

समाचार

सम्पूरक र विशेष अनुदानका लागि उपमहानगरपालिकाको पहल !!

नेपालगञ्ज, जेठ १८ । नेपालगञ्ज उप–महानगरपालिकाले  आगामी आर्थिक वर्ष २०७७÷७८ को वजेटमा सम्पूरक र विशेष अनुदानका सम्बन्धमा केन्द्र सरकारमा लिखित पत्राचार गर्ने निर्णय गरेको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आईतबार बसेको कार्यपालिका बैठकले आगामी आवको बजेटमा नेपालगञ्ज उपमहानगरपालिकाका लागि सम्पूरक र विशेष अनुदानमा वजेट विनियोजन नभएपछि केन्द्र सरकारमा पत्राचार गर्ने निर्णय गरेको हो ।  उप–महानगरपालिकाले सम्पूरक र विशेष अनुदान शिर्षकमा वजेट विनियोजनका लागि केन्द्रमा पत्राचार गर्ने निर्णय गरेको प्रबक्ता प्रमोद रिजालले जानकारी दिनुभयो । यसैगरी बैठकले नेपालगञ्जको त्रिभुवनचोकमा  स्तम्भ निर्माण गरि  राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वडास्तरमा विकास निर्माणका कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । नेपालगञ्जको धम्बोझीमा वाटरपार्क छिट्टै सञ्चालनमा आउने भएको छ ।  कार्यपालिका बैठकले वाटरपार्क संचालनका लागि ठेक्का आव्हान गर्ने निर्णय गरेको प्रबक्ता तथा वडा नम्बर १ का अध्यक्ष रिजालले बताउनुभयो । बैठकले फोहोरमैला ब्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गरि थालनी गर्ने र गोबरग्याँसमा अनुदान दिने निर्णय समेत गरेको बैठकपछि उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

उपमहानगरपालिकामा दरबन्दी भन्दा बढि कर्मचारी भएको सम्बन्धमा पुनरावलोकन गरि बढि भएका कर्मचारीलाई रमाना दिने निर्णय बैठकले गरेको छ ।  यसैगरी बैठकले राजश्व शाखा सुचारु गर्ने निर्णय गरेको छ । बैठकले वडा नम्बर २० मा खानेपानी आयोजनाको काम अघि बढाउने निर्णय समेत गरेको छ । 

Show in Slider: