FAQs Complain Problems

सिलाई कटाईसँगै मेशीन प्रदान !!

नेपालगञ्ज जेठ ७ गते – नेपालगञ्ज उपमहानगरपालिका वडा न १४ द्धारा सञ्चालित तिन महिने सिलाई कटाई तालिम मंगलबार समापन गरिएको छ । दलित औद्योगिक विकास कार्यक्रम नेपालसँगको सहकार्यमा वडाले सञ्चालन गरेको ३ महीने तालिममा सहभागीलाई प्रमाण पत्रसँगै १४ वटा सीलाई मेशिन समेत प्रदान गरेको छ । विभीन्न टोलका दलित तथा पछाडी पारिएका महिलालाई केन्द्रत गरि वडाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत दुई लाखको सहयोगमा तालिम सञ्चालन गरिएको हो । दलित औद्योगिक विकास कार्यक्रमले ५ वटा सिलाई मेशीनमार्फत कैची, कपडा लगायत सम्पूर्ण व्यवस्थासहित सिलाई कटाई प्रदान शुरु गरेको थियो । तालिम समापनमा सहभागीलाई मेशीन प्रदान गर्दै उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले व्यवसायिक शिक्षाले रोजगार सिर्जनासँगै महिलाको सशक्तिकरण र विकासमा मद्यत पु¥याउने विश्वास व्यक्त गर्नु भयो । वडा अध्यक्ष ओमकार नाथ मिश्रले वेरोजगार महिलालाई सिर्जनशिल र व्यवसायिक बनाउने प्रयत्न गरिएको बताउनु भयो ।
दलित औद्योगिक विकास कार्यक्रम नेपालका अध्यक्ष चीत्र बहादुर विकले शिप सिकाएर महिलालाई आत्मनिर्भर बनाउन हर सम्भव प्रयास गरिएको बताउनु भयो ।
औद्योगिक विकास कार्यक्रम नेपालका टिका सुनारद्धारा सञ्चालन गरिएको कार्यक्रममा सहभागीको तर्फबाट रश्मी शाहले बोल्नु भएको थियो । कार्यक्रममा वडाका कर्मचारी, जनप्रतिनीधी, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।

Show in Slider: