समाचार

  • प्रथम नगरसभा संचालन सम्बन्धी खर्च
    Post date: 02/23/2018 - 12:15
  • नेपालगंज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगर ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस समारोहमा मन्तव्य व्यक्त गर्नु हुँदै ।
    Post date: 02/21/2018 - 10:50
  • नेपालगञ्ज फागुन ८ गते– नेपालगन्ज नगर क्षेत्रको सडक तथा ढल÷नाला निर्माण प्रक्रिया शुरु भएको छ । एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित क्षेत्रीय शहरी विकास आयोजना परियोजना...
    Post date: 02/21/2018 - 10:39
  • ल्याण्ड फिल्ड साईड जग्गा विवाद साम्य  नेपालगञ्ज माघ २९ – नेपालगञ्ज उपमहानगरपालिकाको फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र (ल्याण्डफिल्ड साइड) को जग्गा विवादको छिनोफानो गरिएको छ । नेपालगञ्ज– २३...
    Post date: 02/14/2018 - 16:16
  • नगरपालिका संघ पाँच नम्बर प्रदेश समन्वय समिति गठन नेपालगन्ज २३ गते, नेपाल नगरपालिका संघ पाँच नम्बर प्रदेश समन्वय समिति गठन गरिएको छ । पाँच नम्बर प्रदेश नगरपालिका संघको भेलाले बुटवल उप–महानगरपालिकाका...
    Post date: 02/08/2018 - 10:55
  • सेवा प्रवाहका लागि रणनीती नेपालगञ्ज माघ २१ गते सहज र प्रभावकारी सेवा प्रवाहका लागि नेपालगञ्ज उपमहानगरपालिकामा आवश्यक रणनीती बनाइदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले जीआईजेड सीडीमुनको प्राविधिक सहयोगमा...
    Post date: 02/06/2018 - 11:00
  • वडा सदस्य नेपालीको निधन ! नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ७ का महिला वडा सदस्य आइती नेपालीको निधन भएको छ । ४२ वर्षिया नेपालीको आज विहान २ वजे वडा नम्वर ७ गगनगञ्ज आफनै निवासमा निधन भएको हो । २०...
    Post date: 02/02/2018 - 21:30

सेवा प्रवाहका लागी रणनीती !!

सेवा प्रवाहका लागि रणनीती नेपालगञ्ज माघ २१ गते

सहज र प्रभावकारी सेवा प्रवाहका लागि नेपालगञ्ज उपमहानगरपालिकामा आवश्यक रणनीती बनाइदैछ । नेपालगञ्ज उपमहानगरपालिकाले जीआईजेड सीडीमुनको प्राविधिक सहयोगमा आगामी कार्य रणनीती तयार गर्न लागेको हो । समग्र क्षमता विकासमा जोड दिने गरि उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, शाखाप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्यसँगको अन्तरक्रिया तथा परामर्शपछि सो तयारी गरिएको हो । स्थानीय विकास, सेवा प्रवाह, सुशासनको अभ्यास र प्रर्वद्धनमा अनुभव गरिएका समस्या र आगामी दिनमा अपनाइनु पर्ने रणनीतीमा केन्द्रीत समूहगत छलफलमार्फत सुझाव संकलन समेत गरिएको छ । उपमहानगरपालिकाबाट उपलव्ध सेवा र सविधामा विपन्न समुदायको सहज पहुँच वृद्धि गर्न सवल पक्ष, कमजोरी, अवसर र चुनौती पत्ता लगाई आवश्यक कार्ययोजना बनाइने भएको हो । जीआईजेडका परामर्शदाता अरुण रेग्मीले विकासमा स्पष्ट र साझा वुझाई तथा दिर्घकालिन योजनासहित कार्यान्वयन प्रक्रियामा जानुपर्नेमा जोड दिनु भयो । उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले दुरदर्शीताका साथ योजना बनाइनुपर्ने भन्दै सो अनुसारको तयारी भइरहेको दावी गर्नु भयो । यसैवीच नगरको समग्र विकासको कार्ययोजनाका लागि उपप्रमुख उमा थापामगरको संयोजकतवमा ६ सदस्यीय कार्य समूह बनाइएको छ । समूहको सदस्य सचिवमा शाखा अधिकृत गणेश न्यौपाने, सदस्यहरुमा दिपक वर्मा, मो अयूव सिद्धीकी, कौशल धोवी र इन्दिरा शाही रहनु भएको छ । समूहको लगत्तै वैठक बसी थप प्रक्रिया अघि बढाइने उप प्रमुख थापामगरले जानकारी दिनु भयो ।