FAQs Complain Problems

समाचार

स्वास्थ्य भवन हस्तान्त्रण, सेवा शुभारम्भ !!

नेपालगञ्ज भदौ १५ गते– नेपालगञ्ज उपमहानगरपालिका वडा न २३ मा निर्मीत शहरी स्वास्थ्य केन्द्र भवनमा आजदेखि स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको छ ।
एक समारोहबीच उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख प्रमोद रिजालले वडालाई भवन हस्तान्त्रण र उदघाटन गर्नु भएपछि सेवा शुभारम्भ गरिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा ढाई कठठा जग्गामा निर्मीत भुकुम्प प्रतिरोधी भवनमा हलसहित ६ वटा कोठा रहेका छन् । राधा शर्मा कन्सट्रक्शनले ६५ लाख ९८ हजारमा निर्माण गरेको भवनको कार्यवाहक नगरप्रमुख रिजालले वडा अध्यक्ष मो हुसेन शेषलाई चावी हस्तान्त्रणसँगै रिवन काटेर उदघाटन गर्नुृ भयो ।

जनप्रतिनीधी, उपमहानगरपालिकाका स्वास्थ्य सम्वद्ध कर्मचारी, स्वास्थ्यकर्मी, वडाका स्थानीयवासी लगायतको सहभागिता रहेको कार्यक्रममा कार्यवाहक नगरप्रमुख रिजालले स्वास्थ्य नै सबै भन्दा ठुलो धन भएको भन्दै स्वास्थ्य सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन स्थानीय सरकारले कुनै कञ्जुस्याई नगर्ने विश्वास दिलाउनु भयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीले पुर्वाधार निर्माणले अत्यावश्यक स्वास्थ्य सेवालाई सहज बनाएको उल्लेख गर्दै थप उपकरणको व्यवस्था गरिने बताउनु भयो । स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका वडा अध्यक्ष शेषले थप सेवा सुविधाको निरन्तरतासँगै माथिल्लो तलामा वडा कार्यालय स्थापनामा सहयोग गर्न आग्रह गर्नु भयो । नव निर्मीत भवनबाट खोप, परिवार नियोजन, सामान्य उपचार, परामर्श लगायतका सेवा शुरु गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशवराज गौतमले जानकारी दिनु भयो ।

Show in Slider: