FAQs Complain Problems

अध्यात्मिक संस्थालाई नगर प्रमुखको सहयोग !!

नेपालगञ्ज, मंसीर २२ गते – नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणाले आफनो एक महिने तलव ÷भत्ता अध्यात्मिक चिन्तन र अभियानमा सक्रिय संस्थालाई सहयोग गर्नु भएको छ । नगर प्रमुख राणाले शनिवार नेपालगञ्जस्थित सन्त निरंकारी मण्डल नेपाललाई एक महिनाको तलव तथा भत्ता वापतको ५० हजार रकम प्रदान गर्नु भएको हो । स्थानीय निर्वाचनका बेला गरेको बाचाअनुसार नगर प्रमुख डा राणाले मण्डल नेपाल शाखा नेपालगञ्जका मुखी शिव प्रसाद गोडियालाई सो रकम बरावरको चेक हस्तान्त्रण गर्नु भएको हो । नगर प्रमुख राणाले यस अघि पनि महिनावारी तलव तथा भत्ता सार्वजानिक र मानव हितमा सहयोग गरिसक्नुु भएको छ ।

डा. राणाले नेपालगञ्ज उपमहानगरपालिकामा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै सो विरुद्ध आवाज उठाउन पनि आग्रह गर्नु भयो । सेवाग्राहीबाट कोही कर्मचारीले घुस माग्छ र दुख दिन्छ भने आफुलाई खवर गर्न पनि उहाँले अपील गर्नु भयो । उहाँले आफु आफनो सरकारी तलव राजनीती गर्दा सम्म मानवीय हितमा खर्चीने पनि दोह¥याउनु भयो । नगर प्रमुख लगायत अतीथीको स्वागातार्थ मण्डल नेपालगञ्ज साखाका राघव भट्टराईले स्वागत गित गाउनु भएको थियो भने मण्डलीकै संजय श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Show in Slider: