FAQs Complain Problems

एड्स विरुद्ध रयाली !!

नेपालगञ्ज, मंसीर १६ गते– ३१ औं विश्व एड्स दिवसका अवसरमा नेपालगञ्जमा सचेतनामुलक ¥याली निकालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा स्वास्थ्यमा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्थासँगको सहकार्यमा विहान नगरमा ¥याली प्रदर्शन गरिएको हो । एआआइभीको जाँच गराऔं, आफनो अवस्था थाहा पाऔं भन्ने मुल नारासहितको ¥यालीमा एचआइृभी विरुद्धका सचेतनामुलक प्ले कार्ड प्रदर्शन गरिएको थियो ।

नगर उपप्रमुख उमा थामगरले ¥यालीको शुरुवात गर्दै एचआईभी विरुद्ध सचेतना र सुरक्षात्मक उपाय अवलमवन गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो । स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवीका, सरकारी तथा गैर सरकारी संस्थामा आवद्ध प्रतिनीधी, विद्यार्थी, जनप्रनितीधी लगायतको सहभागिता रहेको ¥याली विपी चौकबाट शुरु भई त्रिभुवनचौक, त्रिवेणी मोड हुँदै वसपार्क पुगेर सभामा परिणत भएको थियो । नगर प्रमुख डा धवल शम्शेर राणाले अशिक्षा र दुव्र्यसनले एचआइभी सङ्क्रमण बढेको भन्दै सामुहिक सहकार्यले नै यसको निर्मुलीकरण हुने विश्वास व्यक्त गर्नु भयो । एक तथ्यांक अनुसार–विश्वमा ३ करोड ६९ लाख र नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ ।

Show in Slider: