FAQs Complain Problems

चिल्ड्रेन पार्क सञ्चालनमा !!

नेपालगञ्ज पुष १९ गते– नेपालगञ्ज उप–महानगरपालिका वडा न ४ मा निर्मीत चिल्डे«न पार्क सञ्चालनमा ल्याइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले आज रिवन काटेर पार्कको उदघाटन गर्नु भयो । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा वडा नं. ४ स्थित वडा कार्यालय परिसरमै आधुनिक चिल्ड्रेन पार्क बनेको हो । २६ लाख ५० हजारको लागतमा निर्मीत पार्कको चारैतिर सुन्दर पर्खाल, वीचभागमा पानीको फोहरा, लाइटिङ, झुला लगायत खेल सामाग्री रहेको चिल्ड्रेन पार्क उपभोक्ता समितिका अध्यक्ष मोहम्मद सलीम मुसलमानले बताउनुभयो ।

उदघाटन समारोहमा बोल्दै नगर प्रमुख रााणाले हरेक वडामा चिल्ड्रेन पार्कको अवधारण अघि सारिएको भन्दै पार्कलाई व्यवस्थित सञ्चालन गर्न सुझाव समेत दिनु भयो । यस्तै नगर उपप्रमुख उमा थापा मगरले दिर्घकालिन सोंच राखेर वडाले आफना कार्यक्रम र योजना लागु गर्नु पर्ने बबताउनु भयो । कार्यक्रममा पुर्व सांसद भोला सिद्यीकी, नेकपाका बाँके प्रमुख अकल बहादुर बम लगायतले शुभकाना मन्तव्य दिनु भएको थियो । वेवारिसे अवस्थामा रहेको जग्गालाई बाल मनोरम स्थल तथा पार्क बनाइएको वडा नम्वर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले बताउनुभयो । बाल उद्यान निर्माण सम्पन्न भएपछि नगरभित्र बालबालिका लागि अर्को मनोरञ्जन स्थल थपिएको उपमहानगरपालिकाले जनाएको छ ।

Show in Slider: