FAQs Complain Problems

जेष्ठ नागरिक उत्थानमा राणाको तलव भत्ता !!

नेपालगञ्ज, कार्तिक १५ गते – तलब भत्ता सामाजिक कार्यमा लगाउदै आउनु भएका नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जेष्ठ नागरिकको उत्थानका लागि ५० हजार सहयोग गर्नु भएको छ । नगर प्रमुख राणाले एक महिनाको आफ्नो तलव र भत्ता नेपालगञ्जस्थित निलसागर असहाय, अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रलाई सहयोग गर्नु भएको हो । केन्द्रले आजदेखि बागेश्वरी मन्दिरमा शुरु गरेको ६ दिने निःशुल्क मनोक्रान्ति कार्यशाला उदघाटन समारोहमा डा.राणाले ५० हजार रुपैयाँको चेक केन्द्र अध्यक्ष सरिता खनाललाई हस्तान्त्रण गर्नु भएको हो ।

डा राणाले सरकारबाट पाइएको सम्पूर्ण तलव र भत्ता मानवीय सेवामै खर्च गरिने उदघोष गर्दै प्राथमिकताका आधारमा तलव सहयोग प्रदान गरिदै आइएको स्पष्ट पार्नु भयो । केन्द्रका प्रमुख संरक्षक समेत रहनुभएका मनोक्रान्ति अभियन्ता डा. योगी विकासानन्दले नगर प्रमुखको सहयोगले मानवीय सेवामा समर्पीत व्यक्ति र संस्थालाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै धन्यवाद ज्ञापन गर्नु भयो । आत्मज्ञान र सकारात्मक मनस्थिति निर्माण र सेवामा जनप्रतिनीधीको अंह भूमिका हुने उहाँले दावी गर्नु भयो । केन्द्र अध्यक्ष सरिता खनालले मनोक्रान्ति प्रवचन र योगामा सहभागी भई लाभ लिन सबैमा अपील गर्नु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भुजेलले समेत कार्यशाला सफलताको शुभकामना दिनु भयो । कार्यशालामा डा. योगीले सकारात्मक सोच, सहज र सरल योग ध्यानविधि, परिणाममुखी प्रणायाम, बुद्ध ज्ञान, महाज्ञान साधनाकाबारे प्रवचन दिने मनोक्रान्ति केन्द्र नेपालगन्जका अध्यक्ष अमन सुवेदीले जानकारी दिनुभयो ।

Show in Slider: