FAQs Complain Problems

नेपालगञ्जका वडामा निशुल्क योग कार्यक्रम सञ्चालन !!

नेपालगञ्जमा वडा स्तरिय निशुल्क योग कार्यक्रम सञ्चालनमा ल्याइएको छ । ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मूल नाराका साथ नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा नेपालगञ्जका सबै वडामा आजदेखि योग कार्यक्रम सञ्चालन गरिएको हो । उपमहानगरपालिका आयुवेर्दिक शाखाको पहलमा पतञ्जली योग समितीसँगको सहकार्यमा प्रतेयक वडाबाट योग गुरु छनौट गरि योगाभ्यास शुरु भएको हो । उपमहानगरपालिकाको पाच लाख आर्थिक सहयोगमा दुई महिना सम्म सञ्चालन हुने निशुल्क योगाभ्यास विहान ५ वजेदखि ७ वजे सम्म गराइनेछ । एक समारोहवीच उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले योग कार्यक्रमका लागि आवश्यक योगा सामान हस्तान्त्रण गर्दै कार्यक्रम शुभारम्भ गर्नु भयो । नगर प्रमुख राणले योग म्याट, व्यानर, स्टेशनरी, साउण्ड सिस्टम लगायतका सामाग्री पतञ्जली योग समितीका राष्ट्रिय सदस्य नरकान्त जोशीलाई हस्तान्तरण गर्नु भयो ।

नगर प्रमुख राणाले नगरवासीको स्वास्थ्यका लागि योगाभ्यास आवश्यक भएको ठहर गर्दै योगाभ्यास पछिको स्थायीत्वका लागि वडाले पनि पहल गर्नु पर्नेमा जोड दिनु भयो । योग प्रशिक्षक डा गीरिराज शर्माले बर्तमान समयमा मानिसको जीवनशैलीलाई सहज बनाउन योग अभ्यासले मद्यत पुग्ने विश्वास वयक्त गर्नु भयो । आयुवेर्दिक शाखाका प्रमुख कविराज अनिरुद्र साहले योगाअभ्यासलाई स्थानीयवासीले अपनत्व ग्रहण गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो । यस्तै योग समितीका केन्द्रीय सदस्य जोशीले योग कार्यक्रमको निरन्तता र प्रभावकारीताका लागि कुनै कन्जुस्याई नगरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

Show in Slider: