FAQs Complain Problems

प्रहरीलाई साइकल हस्तान्तरण !!

नेपालगञ्ज माघ २९ गते – नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ वडा समितिको कार्यालयले अस्थायी प्रहरी पोष्टका लागि साइकल प्रदान गरेको छ । वडा कार्यालयले नगर भवनस्थित प्रहरी पोष्टका लागि १४ हजार बराबरको दुई वटा साइकल आज एक समारोहबीच सहयोग गरेको हो । वडाको वजेटबाट प्रहरीलाई गस्ती गर्न सहजताका लागि साइकल सहयोग गरिएको हो । वडाका जनप्रतिनीधी, नागरिक समाजका अगुवा लगायतको उपस्थितीमाझ वडा अध्यक्ष सुरेन्द्र गुप्ताले प्रहरी पोष्टका इन्चार्ज असई बसन्त केसीलाई साइकलको चावी हस्तान्त्रण गर्नु भयो । जनताको सुरक्षार्थ खटीने सुरक्षाकर्मीको हौसला स्वरुप सो सहयोग गरिएको वडा अध्यक्ष गुप्ताले प्रतिक्रिया भयो । जनप्रतिनीधी, प्रहरी र जनताबीच सुमधुर सम्बन्ध कायम हुनुपर्नेमा जोड दिँदै उहाँले यस किसिमको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिइने बताउनु भयो । यसअघि पनि वडाले सो प्रहरी पोष्टलाई अत्यावश्यक सामाग्री सहयोग गरेको थियो ।

Show in Slider: