FAQs Complain Problems

लैंगिक हिंसा विरुद्धको अभियान, प्रभातफेरीसहितका कार्यक्रम !!

नेपालगञ्ज , मंसीर २४ – लैंगीक हिंसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम गरिएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि जारी विविध कार्यक्रमसहित आज समापन गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाको अगुवाईमा विभिन्न संघ सस्थासँगको सहकार्यमा सचेतनामुलक र प्रचारात्मक लगायतका कार्यक्रम गरिएका थिए । अभियानको अन्तिम दिन आज नगरमा प्रभातफेरी निकाल्नुका साथै प्रवचन, सडक नाटक प्रदर्शन गरिएको थियो । उपमहानगरपालिका परिसरबाट शुरु प्रभातफेरी धम्वोझी चौक, त्रिवेणीमोड, त्रिभुवन चौक, विपी चौक हुँदै पनः उपमहानगरपालिका परिसरमा पुगेर समापन भएको थियो । समापन समारोहमा यस अघि सञ्चालित चित्रकला प्रतियोगितामा विजयी विदार्थीलाई प्रमाण पत्र प्रदान गर्नु का साथै सडक नाटक प्रस्तुत गरिएको थियो । समारोहमा बोल्दै प्रदेश सभा सदस्य कृष्णा केसी (नमूना)ले सबै खाले हिंसा अन्तयका लागि सरकार मात्र हैन, स्वयं व्यक्ति सचेत र जागृत हुन जरुरी रहेको बताउनु भयो । नगर प्रमुख डा धवल शम्शेर राणाले ंिहंसाबाट मुक्ति पाउन शिक्षा आर्जन अनीवार्य भएको भन्दै छोरा छोराबीचको विभेद अन्तयमा जोड दिनु भयो । सोही समारोहमा चित्रकला प्रतियोगितामा प्रथम हुन सफल सेन्ट थोमस उमाविका मनिष खत्री, द्धित्तिय मोडर्न पव्लीकका इरमफातिमा अन्सारी, तृत्तिय नेशनल इन्जिनियरिङ कलेजका शिल्पा श्रीवास्तव र सेन्ट थोमसका मावीया खानलार्इृ प्रमाण पत्र प्रदान गरियो । सोही कार्यक्रममा उपमहानगरपालिकास्तरिय बाल कलव सञ्जालका तर्फबाट बाल हिंसा विरुद्धको सडक नाटक प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा उपप्रमुख उमा थापामगर, महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह लगायतले बोल्नु भएको थियो । १६ दिने अभियानको अवधीमा सबै चौकमा व्यानर प्रदर्शन, दिप प्रज्वलन, सेतो रिवन र पम्पलेट वितरण, सडक नाटक तथा भिडीयो प्रदर्शनी, विद्यालयमा अभिमुखीकरण, चित्रकला , अन्तरक्रिया, रेडियो कार्यक्रम लगायतका गरिएको थियो । लैङ्गिक हिंसा अन्त्यको प्रयासस्वरुप सन् १९९१ मा सेन्टर फर ओमन्स ग्लोबल लिडरसिपको सहयोगमा २० देशका २३ उत्साहित महिलाको समूहले लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको सुरुआत गरी विश्वलाई अभियानमा जुट्न आह्वान गरेको थियो । हरेक वर्ष अंगे्रजी महिनाको नोभेम्बर २५ महिला विरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसबाट शुरु गरी डिसेम्बर १० अन्तर्रा्ष्ट्रिय मानवअधिकार दिवससम्म अभियान सञ्चालन गरिन्छ ।

Show in Slider: