FAQs Complain Problems

वडा नं. २२ पुरैनी पुर्ण खोप सुनिश्चित !!

नेपालगञ्ज, असोज १ गते– नेपालगंज उपमहागरपालिका वडा नं. २२ पुरैनीलाई पुर्ण खोप सुनिश्चित वडा घोषण गरिएको छ । नेपालगंज उप महानगरपालिका वडा नं. २२ खोप समन्वय समितिद्धारा आज आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष एवं जिल्ला खोप समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवले वडा नं. २२ लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गर्नु भएको हो । वडा भित्रका ० देखि २३ महिना उमेर समूहका सबै बालबालिकाहरुले आवश्यक सबै खोप प्राप्त गरेपछि संयोजक श्रीवास्तवले सो घोषणा गर्नु भएको हो । वडा अध्यक्ष विद्या राम बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला स्वास्थ्य कार्यकर्ता, स्वास्थ्य चौकीका कर्मचारी, सहयोगी संघसंस्था तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

समारोहमा नेपालगंज उप महानगरपालिकाका निम्त प्रमुख कार्यकारी अधिकृत मन प्रसाद रेग्मीले शिक्षा र स्वास्थ्य बालबालिकाहरुको लागि एकदमै महत्वपुर्ण विषय भएको हुँदा यसको लागि सबै जना सक्रिय रुपमा लाग्नु पर्ने बताउनु भयो । उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव राज गौतम, नेपालगंज उपमहागरपालिका खोप समितिका सचिव हरिहर तिवारी, नेपाली काँग्रेसका महासमिति सदस्य राज कुमार बर्मा, सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिपेन्द्र सिंह ठाकुरी, उप स्वास्थ्य चौकीका प्रमुख बसन्त देवकोटा लगायतकाले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमका लागि सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल बाँके, बाँके युनेस्को क्लब र गेरुवा ग्रमीण जागरण संघले सहयोग गरेको थियो ।

Show in Slider: