FAQs Complain Problems

शहीदको सम्झनामा दिप प्रज्वलन !!

नेपालगञ्ज माघ १६ गते– बीर शहीदको सम्झना गर्दै बुधबार नेपालगञ्जमा शहीद दिवस मनाइएको छ । नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा वर्षेनी शहीद दिवस मनाउने गरिन्छ । अमर शहीद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा एवं प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाको योगदानको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ गरिन्छ । शहीद सप्ताहको अन्तिम दिन नेपालगञ्जमा समेत सहिदको सम्झनामा दिप प्रज्वलन गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा बेलुकी ५.३० वजे विपी चौकमा दिप प्रज्वलन गरियो । सहीदहरुको तस्वीरमा माल्याअर्पण गर्दै नगर प्रमुख डा धवल शम्शेर राणाले शहीदको सपना साकार पार्नु नेपाली नागरिकको कर्तव्य हुनु पर्ने बताउनु भयो । उप प्रमुख उमा थापा मगर, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, विभिन्न वडाका वडा अध्यक्ष, नागरिक अगुवा लगायतले पनि सहीदको सम्मानमा माल्याअर्पण सहित दिप प्रज्वलन गर्नु भयो ।

Show in Slider: