FAQs Complain Problems

शौचालय निर्माण नरोक्न आदेश, निर्माण शुरु !!

नेपालगन्ज, असोज ८– अवरोध पु¥याउन खोजिएको शौचालय निर्माण कार्य पुनः शुरु हुने भएको छ । शार्वजनिक शौचालयको अभावले भोग्नु परिरहेको असुविधा कम गर्न नेपालगन्ज उपमहानगरपालिकाले घुम्ती शौचालय निर्माण कार्य शुरु गर्न खोज्दा कानूनी झमेला व्यहोर्नु परेको थियो ।
धम्वोझी चौकस्थित कृषि विकास वैंक अगाडी ‘मोवाइल ट्वाइलेट’ निर्माण कार्य बनाउन शुरु गरिएपछि सो कार्य रोक्न अदालत गुहारिएपनि अन्ततः अदालतले स्टे अर्डर गर्न नपर्ने गरि विकास कार्य नरोक्न आदेश दिएपछि निर्माण कार्यले निरन्तरता पाउने भएको हो । क्षती पुग्ने भन्दै कृषि विकास वैंकले दायर गरेको निवेदनलाई उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलाशले अस्वीकार गर्दै शौचालय निर्माण नरोक्न अन्तरिम आदेश गरेको हो । उपमहानगरपालिकाका कानूनी सल्लाहकार लोक बहादुर शाह, बासुदेव ज्ञवाली र वैकका पक्षबाट वरिष्ठ अधिवक्ता गिरिवर प्रसाद अग्रवाल र अधिवक्ता विजय कुमार शर्माले गर्नु भएको वहसमा न्यायधिश पे्रम राज कार्की र खुसी प्रसाद थारुको संयुक्त इजलाशले आदेश गरेको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदीले आदेशले शौचालय निर्माण कार्य अघि बढने जनाउनु भयो । धम्वोझीसँगै अन्य चार ठाउँमा पनि सुविधा सम्पन्न शौचालय बनाउने योजना रहेको छ ।

Show in Slider: