FAQs Complain Problems

सल्यानी बागमा चिल्ड्रेन पार्क !!

नेपालगञ्ज, असोज २२– बालबालिकालाई मध्यनजर गर्दै नेपालगञ्जमा आधुनिक चिल्ड्रेन पार्क बन्दैछ । नेपालगन्ज उपमहानगरपालिका वडा ४ सल्यानीबागस्थित आधुनिक चिल्ड्रेन पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय बालबालिकालाई खेल्न र मनोरम बाताबरणमा रमाउनका लागि आधुनिक पार्क निर्माण गर्न लागिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । बालबालिकाका लागि ब्यबस्थित खेल मैदानको अभाव भइरहेका बेला वेवारिसे अवस्थामा रहेको सो क्षेत्रलाई घेराउ गरि चिल्डे«न पार्क निर्माण गरिएको हो । पार्कको करिव ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको वडा नम्बर ४ का वडा अध्यक्ष अध्यक्ष मो.सफिक बेहनाले जानकारी दिनु भयो ।

वडा कार्यालय नजीकै रहेको चिल्ड्रेन पार्कका लागि करिब २८ लाखको लागत लाग्ने अनुमान गरिएको छ । पार्कमा पर्खाल, बाटो, पानीको फोहरा, चमेना गृह र पार्कको मध्य भागमा बिशाल लाइटिङ सहितको ब्यबस्था हुने वडा नम्बर ४ का अध्यक्ष बेहनाले बताउनु भयो । पार्कमा सिसी टिभी समेत जडान हुने अध्यक्ष बेहनाले बताउनु भयो । दिपावली अगावै सञ्चालनमा ल्याइने तयारीका साथ निर्माण कार्य बढाइएको छ ।

Show in Slider: