FAQs Complain Problems

साक्षरता दिवसमा दर्जनौलाई सम्मान !!

नेपालगन्ज भदौ– ३९ औं राष्ट्रिय शिक्षा दिवस एवं ५२ औं अन्तर्राष्टिय साक्षरता दिवस समारोह नेपालगञ्जमा भव्यताका साथ मनाइएको छ ।
आगामी फागुन ७ गते बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने तयारी भइरहेको सन्दर्भमा आज नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाईमा मनाइएको शिक्षा एवं साक्षरता दिवसमा शिक्षा क्षेत्रका दर्जनांै व्यक्तित्वलाई सम्मान गरिएको छ । विपी चौकबाट निस्किएको विद्यार्थी, शिक्षक, जनप्रतिनीधीसहितको ¥याली भेरी प्राविधिक शिक्षालय पुगेर सभामा परिणत भएको थियो । भव्य समारोहबीच उत्कृष्ट अंक ल्याउने विद्यार्थी, उत्कृष्ट शिक्षक, विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षापे्रमी लगायत दर्जनौंलाई पुरस्कार, दोसल्लासहित कदर पत्र प्रदान गरिएको छ । नगर प्रमुख डा धवल शम्शेर राणाले असल नागरिक बनाउने माध्यम नै शिक्षा भएकाले सरकारले शिक्षालाई प्राथमिकताका साथ नीती, कार्यक्रम र योजना ल्याइरहेको बताउनु भयो । प्रभावकारी शिक्षा प्राप्तीका लागि विद्यार्थी, अभिभावक, शिक्षक र नागरिक बीचको हातेमालोमा उहाँले जोड दिनु भयो । नगर शिक्षा शाखा प्रमुख मन प्रसाद रेग्मीले शैक्षिक सुधारका लागि नीती कार्यान्वयनमा सबैको सहयोगको अपेक्षा गर्नु भयो । वडा न १२ का सदस्य तरुण वज्राचार्यद्धारा सञ्चालित कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तोयनारायण सुवेदी, वठा न १२ का अध्यक्ष वुद्धीसागर सुवेदी, शिक्ष्ीाका ललीता उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

Show in Slider: