FAQs Complain Problems

औषधालय भवनका लागि जग्गा दान !

औषधालय भवनका लागि जग्गा दान

बैसाख ३ गते– नेपालगन्ज उपमहानगरपालिका वडा न १४ वडा समितिको कार्यालयले आयुर्वेर्दिक औषधालय भवन निर्माणका लागि जग्गा दान दिएको छ । हालै सम्पन्न वडा समितिको वैठकले बालेगाउँमा सञ्चालनमा रहेको आयुवेर्दिक औषधालयका लागि ३ कठ्ठा जग्गा दान गर्ने निर्णय गरेको हो । महेन्द्रनगरस्थित वडा समितिको कार्यालयको उत्तरपटी पीच सडकमा रहेको करिव २५ लाख बराबरको सो जग्गा दिइएको हो । औषधालय भवन निर्माणका लागि जग्गा दान दिने निर्णय गरिएको वडा अध्यक्ष ओमकारनाथ मिश्राले जानकारी दिनु भयो । जिल्ला आयुवेर्दिक स्वास्थ्य केन्द्र मातहत रहने गरि औषधालय भवन चाँडै नै निर्माण हुने जनाइएको छ ।

Show in Slider: