FAQs Complain Problems

समाचार

नेपालगञ्जका १५ वटा वडामा पूर्णखोप सुनिश्चितता !!

नेपालगञ्ज –  नेपालगञ्ज उपमहानगरपालिकाका १५ वटा वडालाई आज पूर्णखोप सुनिश्चितता गरिएको छ  । नगरका १५ वटा वडामा बालबालिकाका लागि आवश्यक सम्पूर्ण खोप लगाएको  पाइएपछि उपमहानगरपालिकाले आज एक समारोह गरि पूर्णखोप सुनिश्चितता घोषणा  गरेको हो । नगरका वडा न २, ३, ४, ८, १०, १२, १३, १४, १५, १६, १७, १८,२०,२१ र  २३ वडालाई पूर्णखोप घोषणा गरिएको हो । बीसीजी, डिपीटी, मिजल्स, पोलीयो  लगायतका ११ वटा खोप पुरा गर्नुपर्ने हुन्छ । जिल्ला समन्व्य समितिका संयोजक  अजय कुमार श्रीवास्तवले आज १५ वटा वडा पूर्ण खोपयुक्त भएको घोषणा गर्नु  भएको हो । पूर्ण खोपका लागि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवीकाको  भूमिकाको प्रशंसा गर्दै थप वडालाई पनि चाँडै नै पूर्ण खोपयुक्त बनाउन  सुझाव दिनु भयो ।  

नगर प्रमुख डा धवल श्म्शेर राणाले खोप प्रयोगले मानव  विकासमा मद्यत पुग्ने विश्वास गर्दै अव पूर्ण सरसफाईमा पनि केन्द्रीत हुन  आहवान गर्नु भयो ।  उपप्रमुख उमा थापामगरले स्वास्थ्य सचेतनाले असल नागरिक  बन्न मद्यत पुग्ने भएकाले सबै पक्ष उत्तिकै जिम्मेवार बन्नु पर्ने  आवश्यक्ता औल्याउनु भयो । जनस्वाथ्य कार्यालयका प्रमुख खीम बहादुर खडका,  नगर स्वास्थ्य संयोजक केशव गौतम, वडा अध्यक्षका तर्फबाट वडा न १२ का  अध्यक्ष बुद्धीसागर सुवेदी लगायतले पूर्णखोपको दिगोपना बारे बोल्नु भएको  थियो ।  सोही समारोहमा वडा अधयक्ष, वडा सदस्य, स्वास्थ्यकर्मी, महिला  स्वास्थ्य स्वयंसेवीका लगायत दर्जनौंलाई खादा र सम्मान पत्रले सम्मान  गरिएको थियो ।

Show in Slider: