FAQs Complain Problems

समाचार

नेपालगञ्जमा दादुरा रुवेला खोप अभियान प्रभावकारी बनाइने !!

नेपालगञ्ज,फागुन २ ।  नेपालगञ्ज उप–महानगरपालिकामा दादुरा रुवेला खोप अभियान प्रभावकारी बनाउने सन्दर्भमा योजना बनाइएको छ । अभियानलाई प्रभावकारी बनाउनका लागि शुक्रबार दादुरा रुवेला खोप अभियान २०७६ पालिका स्तरीय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले खोप अभियानलाई पूर्णरुपमा सफल पार्न जनप्रतिनिधी र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । नगरमा संचालन भईरहेको हात्ती पाईले रोग विरुद्धको आम औषधी सेवन कार्यक्रमसँगै दादुरा रुवेला खोप अभियानलाई सफल पार्न सम्पूर्ण नगरबासीबाट साथ र सहयोगको अपेक्षा गरिएको नगर प्रमुख राणाले बताउनुभयो । नगर प्रमुख राणाले खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकालाई खोप केन्द्रमा पुगेर खोप लिने वातावरण तयार पार्न बैठकमा सहभागी वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई आग्रह गर्नुभयो । सो अवसरमा उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले खोप अभियानको प्रभावकारीका लागि सम्वद्ध सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा सन २००३ सालदेखि दादुरा रुवेला खोप अभियानको सुरुवात भएको हो । नेपालगञ्ज उप–महानगरपालिकाका नियमित खोपको कभरेज ७६ प्रतिशत रहेको छ । खोपको कभरेज ९५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको स्वास्थ्य शाखा डिल्लीराज पोखरेलले जानकारी दिनुभयो । दादुरा रुवेला खोप अभियान अन्तर्गत जन्मदेखि ५९ महिना सम्मका बालबालिकालाई पोलियो थोपा खुवाइने छ भने ९ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई दादुरा रुवेला खोप दिइने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा फागुन १९ गतेदेखि खोप अभियान संचालन गरिने भएको छ । खोप अभियान ९ दिनसम्म संचालन हुने भएको छ ।

Show in Slider: