FAQs Complain Problems

नेपालगञ्जमा प्रथम मेयर कप खेलकुद सुरु !!

नेपालगञ्ज, माघ २७ गते । राष्ट्रपति रनिङ्ग शिल्ड खेलाडी छनौंट तथा माध्यामिक विद्यालय स्तरीय प्रथम मेयर कप खेलकुद प्रतियोगिता–२०७६ सोमबारदेखि सुरु भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा मंगलप्रसाद माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरि ३९ विद्यालयका एकहजार २९५ विद्यार्थीको सहभागिता रहेको छ ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगरले सोमबार प्रतियोगिताको उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घाटन गर्दै संयोजक श्रीवास्तवले खेलकुदको विकासका लागि विद्यालयतहदेखि नै जोड दिनुपर्ने बताउनुभयो ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख राणाले उपमहानगरपालिकाले खेलकुदको विकासका लागि प्राथमिकता दिएको बताउनुभयो । उपप्रमुख मगरले योग्य खेलाडी उत्पादनका लागि यसखालका प्रतियोगिता सहयोगी हुने बिश्वास ब्यक्त गर्नुभयो । आगामी वर्षदेखि प्रतियोगितालाई भव्य बनाउन अहिलेदेखि नै योजना बनाएर लाग्नेछौं, उपप्रमुख मगरले भन्नुभयो,– खेलकुदको विकासका लागि यसखालका प्रतियोगिता नियमित हुन आवश्यक छ । उद्घाटनमा सहभागी विद्यालयका विद्यार्थीले मार्चपास गरेका थिए । नेपालगञ्ज उप–महानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार बुधबार सम्म संचालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिवल र कबड्डी खेलमा प्रतिष्पर्धा हुनेछ ।

Show in Slider: