FAQs Complain Problems

समाचार

मेयर कप शारिरिक सुगठन प्रतियोगीताको उपाधी गोडियालाई !

गोडियाले चुमे– मेयर कप शारिरिक सुगठन प्रतियोगीताको उपाधी

नेपालगञ्ज बैसाख २३गते – नेपालगञ्ज मेयर कप शारिरिक सुगठन प्रतियोगीताको उपाधी धनराज गोडियाले जित्नु भएको छ । प्रतियोगीतामा सहभागी ४२ जना खेलाडीलाई पछि पार्दै लक्ष्मण व्यायाम मन्दिरका गोडियाले उपाधी चुम्नु भएको हो । नेपाल शारिरिक सुगठन तथा फिटनेस संघ बाँकेको संयोजनमा नेपालगञ्ज उपमहानगरपालिकाद्धारा शनीबार नगर भवन आयोजित प्रतियोगीतामा लक्ष्मण व्यायाम मन्दिर, ओम फिटनेस, गोल्ड जीम, बडी मास्टर क्लवबाट सहभागी भएका थिए । उपाधी विजेताखेलाडीसँगै अलग अलग तौलमा विजयी खेलाडीलाई नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले मेडल प्रदान गर्दै प्रतियोगितालाई निरन्तरतासँगै व्यापकता प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रदेश सभाषद सुरेन्द्र हमालले खेलले शारिरिक, मानशिक स्वस्थता प्रदान गर्ने भन्दै निरन्तर प्रतियोगिताको आवश्यक्तामा जोड दिनु भयो । नेपाल शारिरिक सुगठन तथा फिटनेस संघ बाँके अध्यक्ष मनोज कुमार श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिता अवधीमा विभिन्न सांगीतिक प्रस्तुतीका साथै सहयोगी व्यक्तीत्वलाई सम्मान समेत गरिएको थियो । प्रतियोगिताको मुख्य अम्पायरका रुपमा नेपाल शारिरिक सुगठन तथा फिटनेस संघका केन्द्रीय उपाध्यक्ष तथा पुर्व राष्ट्रिय च्याम्पीयन विजयलाल कायस्थ रहनु भएको थियो ।

Show in Slider: