समाचार

लोक सेवा तयारी कक्षा समापन !

नेपालगञ्ज, ३ वैशाख।

नेपालगञ्ज उपमहानगरपालिकाद्धारा सञ्चालित महिलाहरुका लागि निशुल्क लोक सेवा तयारी कक्षा समापन गरिएको छ । अप्राविधिक खरिदार प्रथम पत्र पदका लागि उपमहानगरपालिकाको हलमा फागन २८ गते देखि सञ्चालित कक्षा औपचारिक रुपमा समापन गरिएको हो । ३५ जना सहभागी कक्षामा नियमित रुपमा सैद्धान्तिक तथा व्यवहारिक कक्षा लिइएको थियो । सामान्य ज्ञान, सामान्य वौद्धिक परिक्षण ,आई क्यू लगायत विषयमा कक्षा दिइएको उपमहानगरपालिकाका शाखा अधिकृत तथा प्रशिक्षक गणेश न्यौपानले जानकारी दिनु भयो । न्यौपानेका अनुसार ह्याण्ड साउट उपलव्ध गराइनुका साथै नमुना परिक्षा समेत लिइएको थियो ।

समापन समारोहलाई सम्वोधन गर्दै उपमहानगरपालिकाका नगरप्रमुख डा धवल शम्शेर राणाले लोक सेवा कक्षाले सरकारी सेवा प्रवेशको सहज मार्ग निर्देश गरेको उल्लेख गर्दै मिहेनतका साथ परिक्षा दिन र सफल भएर जनसेवा गर्न आहवान गर्नु भयो । उपप्रमुख उमा थापामगरले लोक सेवा कक्षाले सरकारी सेवा प्रवेशमा महिला सहभागितासँगै नेतृत्वदायी भूमिका निर्वाहमा मद्यत पु¥याउने विश्वास व्यक्त गर्नु भयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरलेले सरकारी सेवाको अनुभव र आवश्यक मार्ग निर्देशन दिनु भयो । सहभागीका तर्फबाट चन्द्रकला आचार्यले कक्षाको अनुभव सुनाउनुका साथै आयोजकलाई धन्यवाद ज्ञापन गर्नु भयो । सहभागीलाई खरिदार परिक्षा दिग्दर्शन किताव समेत उपलव्ध गराइएको उपमहानगरपालिकाका सूचना प्रविधी अधिकृत घनश्याम बर्माले जनाउनु भयो ।

Show in Slider: