FAQs Complain Problems

समाचार

विपन्न मजदुर र विद्यार्थीलाई नेपालगञ्जको राहत सहयोग !!

नेपालगञ्ज, चैत २३ । नेपालगञ्ज उप–महानगरपालिकाले  बाहिरी जिल्लाबाट आई दैनिक ज्याला मजदुरी गर्ने विपन्न घर परिवार र ब्यक्तिलाई सहयोग सुरु गरेको छ ।  लकडाउनका कारण आप्mनो घरसम्म पुग्न नपाएका र नेपालगञ्जमा समस्या परेका ब्यक्तिहरुलाई वडा कार्यालयको सिफारिसका आधारमा सहयोग सुरु गरिएको नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिनुभयो । विपन्न ब्यक्तिहरुलाई प्रारम्भिक राहत स्वरुपत ५ किलो चामल र एक किलो दाल उपमहानगरपालिकाले सहयोग स्वरुप उपलब्ध गराइएको हो । उपमहानगरपालिकाले बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीहरुलाई समेत सहयोग सुरु गरेको छ । परिचयपत्रका आधारमा पाँच किलो चामल र एक किलो दाल सहयोग गरिएको हो ।  अति विपन्न ब्यक्तिलाई सोमबार पनि  विहान ८ बजेदेखि १० बजेसम्म उपमहानगरपालिकामा राहत वितरण गरिने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले विपन्न घर परिवार लकडाउनका कारण समस्यामा परेका कारण उपमहानगरपालिकाले सहयोग गरिरहेको बताउनुभयो । नेपालगञ्जका २३ वटै वडामा वडा कार्यालयमार्फत विपन्न घर परिवारलाई राहत उपलब्ध भईरहेको छ ।

Show in Slider: