शैक्षिक नीतिका लागि मस्यौदा समिति गठन !

नेपालगञ्ज, चैत्र २५ ।

नेपालगञ्ज उपमहानगरपालिकाको समग्र शैक्षिक नीतिका लागि मस्यौदा समिति गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्धारा शनीबारदेखि जारीे शिक्षा नीति निर्माण विषयक कार्यशाला गोष्ठी समापनपछि सम्वद्ध विज्ञसहितको कार्यदल गठन गरिएको हो ।

शिक्षाविद, सम्वद्ध अधिकारी, नगरका वडा अध्यक्ष, विभिन्न विद्यालयका प्राध्यापक, शिक्षक, सामाजिक संघ संस्थाका अगुवा, विद्यार्थीबीचको व्यापक परामर्शसहितको निचोडलाई समेटदै मस्यौदा बनाईन लागिएको हो । उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणा संयोजक तथा उपप्रमुख उमा थापामगर उप संयोजक रहने गरि १६ सदस्यीय शिक्षा निती मस्यौदा तयारी कार्यदल गठन गरिएको छ । जनप्रतिनीधी, शिक्षक, शिक्षक संघ संगठनका प्रतिनीधी, बाल क्लवका प्रतिनीधी समेतको सहभागिता रहेको कार्यदलको सदस्य सचिवमा उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख इश्वर पौडेल रहनु भएको छ । कार्यदलमा वडा अध्यक्ष प्रमोद रिजाल, कृष्ण कार्की, वडा सदस्यहरु कौशल धोवी, इन्दिरा शाही, प्राविधिक शिक्षाका तर्फबाट सञ्जय सिंह, प्राध्यापक किरण आचार्य, शिक्षक संघ संगठनबाट विरेन्द्र यादव र कृष्ण जीसी, बाल कलवबाट अन्जना चुतर्वेदी लगायत रहनु भएको छ । कार्यशाला समापन समारोहमा उपमहानगरपालिकाका नगर प्रमुख डा धवल शम्शेर राणाले शिक्षा क्षेत्रलाई राजनीतीबाट मुक्त राख्दै नेपालगञ्जलाई शैक्षिक हवका रुपमा विकास गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यशालामा आएका सुझावलाई मध्यनजर गर्दै मस्यौदा समितिले मस्यौदा तयार गरि वडामा पठाउने र वडा समितिको समेत थप सुझावलाई समावेश गर्दै वोर्ड छलफलका लागि लैजाने वडा अध्यक्ष रिजालले जानकारी दिनु भयो । बोर्डले परिमार्जन तथा संशोधनसहित अन्तिम रुप दिएको मस्यौदा नगरपरिषदमार्फत अनुमोदन गरिने उपमहानगरपालिकाका उपप्रमुख थापामगरले जानकारी दिनु भयो । शिक्षाविद डा विद्यानाथ कोइरालाले सहजीकरण गर्नु भएको कार्यक्रममा समूहगत छलफल गरिएको थियो ।

Show in Slider: