FAQs Complain Problems

समाचार

हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड !!

नेपालगञ्ज, भदौ २९ । नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र हो, वडा नम्बर ३ । यहाँको सबैभन्दा पुरानो बजार क्षेत्र समेटिएको वडा नम्बर ३ मा मधेशी र मुस्लिम समुदायको बसोबास छ । सरकारले हात्तीपाइले रोग विरुद्धको औषधि निरन्तर खुवाउँदै उन्मूलनको लक्ष्य लिए पनि औषधि सेवनदर अत्यन्त न्यून छ । सन् २०२१ मा २३ प्रतिशत कभरेज रहेकोमा २०२२ मा घटेर २२ प्रतिशतमा झर्यो । कभरेज बढ्नुको साटो घटेपछि सरोकारवाला चिन्तित भए ।

औषधि सेवनदर बढाउन जिल्ला तथा उपमहानगरपालिकाका स्वास्थ्य अधिकारीहरुसंगको परामर्श र छलफलका आधारमा आम औषधि सेवनको न्यून कभरेज भएको वडा नम्बर ३ लाई लैंगिक समानता तथा सामाजिक समावेशीकरण ९लैससास० एकिकृत व्यवहार परिवर्तन प्रायोगिक ९पाइलट० क्रियाकलापका लागि छनौट गरियो । पाइलट क्रियाकलापको मुख्य लक्ष्य आम औषधि सेवन सम्बन्धि सचेतीकरण गर्ने, समुदायको संलग्नता बढाउने र औषधि सेवन गराउनु थियो । त्यसका लागि दक्ष व्यवहार परिवर्तन समूह गठन गरी समुदायमा परिचालन गरिएको थियो । व्यवहार परिवर्तन समूहले आम औषधि सेवन कार्यक्रम सञ्चालन हुनु पूर्व सचेतना फैलाउने, घरदैलो गर्दै औषधि वितरण गर्ने, क्रमिक भेटघाट गरी आम औषधि सेवनका लागि प्रभावित गर्ने लगायतका कार्यहरु गरेको लैससासकी शोभा लामाले बताउनुभयो ।

पाइलट क्रियाकलापका मुख्य सिकाईहरुका बारेमा जानकारी गराउन आज नेपालगञ्जमा आयोजित कार्यशालामा लामाले औषधिप्रतिको गलत धारणा र बुझाई मुख्य समस्या भएको बताउनुभयो । समाजका अगुवाहरुले औषधिबारे अफबाह फैलाउने गरेको पाइएको छ । पाइलट क्रियाकलापपछि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन औषधि सेवनमा सहभागिता न्यून भएका सहरी क्षेत्रलाई दृष्टिगत गरी हात्तीपाइले र आम औषधि सेवनलाई सुदृढीकरण गर्न सहरी क्षेत्र अनुकूल स्थानीय आम औषधि सेवन रणनीति तयार गर्नुपर्ने, आम औषधि सेवन भन्दा अगाडि वा वितरणको दौरानलाई लक्षित गरी सूचना, शिक्षा र संवाद सामग्रीहरु सुधार गर्नुपर्ने र निर्दिष्ट सामाजिक परिचालनलाई समुदायमा सुदृढीकरण गर्नुपर्ने निष्कर्ष निकालिएको लामाले बताउनुभयो । पाइलट क्रियाकलापका दौरान न्यून औषधि सेवन भएका टोलहरुमा २९१ घरधुरी मध्ये २४१ अर्थात ८२ प्रतिशत बजार क्षेत्रकै मानिसले औषधि सेवन नगरेको पाइएको छ । मधेशी र मुस्लिम समुदायको बसोबास रहेका अन्य वडाहरुमा पनि निकै कम कभरेज छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले स्वागत मन्तब्यसंगै कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । लैससासकी लामाले लैससास व्यवहार परिवर्तन प्रायोगिक ९पाइलट० र औम औषधि सेवनमा सामाजिक परिचालनका महत्वपूर्ण सिकाई र सुझाबहरुबारे प्रस्तुतिकरण गर्नुभएको थियो । भावी कार्यदिशाबारे समूहगत छलफल गरिएको कार्यशालामा नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर ३ का वडा अध्यक्ष मो। अयुब सिद्दिकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा लगायतको सहभागिता थियो ।  कार्यशालामा सहजीकरण हात्तीपाइले फोकलपर्सन विनोद विकले गर्नुभएको थियो ।

हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम २०७९ फागुन ११ गतेदेखि फागुन २१ गतेसम्म सञ्चालन गरिएको थियो । आम औषधि सेवन कार्यक्रम सञ्चालन हुनु पूर्व नेपाल सरकार र ग्क्ब्क्ष्म् को सहयोगमा ब्अत तय भ्लम ल्त्म्करभ्बकत को साझेदार संस्था ध्क्ष्ज्भ्च् ले हात्तपाइले उन्मूलन सम्बन्धित लैससास चुनौती तथा अवसरहरु पहिचान गर्नका लागि बाँके, दाङ र कपिलबस्तुमा पाइलट क्रियाकलाप सञ्चालन गरेको थियो ।

Show in Slider: