समाचार
अनुगमनमा कार्यबाहक नगर प्रमुख !!
नेपालगंज उप-महानगरपालिकाका कार्यबाहक प्रमुख जुम्मन खाँ ले मंगलबार सामुदायिक विधालय र मदर्शाको अनुगमन गर्नु भएको छ | वडा नं. ७,१४ र १६ मा रहेका ३ वटा सामुदायिक विधालय र एउटा मदरसाको आकस्मिक अनुगमन गर्नुभएका का.ब. मेयर खा ले विधालयमा विद्यार्थीको उपस्थिति न्यूनसंख्यामा हुनु डरलाग्दो भएको बताउनुभयो | एउटा कक्षामा ४९ जना विद्यार्थी भएको अवस्थामा ११ जना मात्र उपस्थित भएको पाइयो , का.ब.प्रमुख खा ले भन्नुभयो-सामुदायिक विधालय र मदरसामा गुणस्तरिय शिक्षाका लागी सरोकारवाला निकायसंगै अभिभावकको पनि ध्यान पुग्न आवश्यक देखिएको छ |
का.ब.प्रमुख खाँले नेपालगंजमा निर्माण सम्पन्न हुने अवस्थामा पुगेका बसपार्क र ल्याण्डफिल्ड साइटको कामको बारेमा समेत स्थलगत अनुगमन गरी जानकारी लिनुभएको छ | यसै बीच नेपालगंज उप-महानगरपालिका कार्यपालिका बोर्डले नवनियुक्त कानुनी सल्लाहकार लोक बहादुर शाह र प्रेस सल्लाहकार गोविन्द शर्मा संग मंगलबार परिचयात्मक कार्यक्रम गरेको छ | सो अवसर मा का.ब.प्रमुख, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, प्रवक्ता प्रमोद रिजाल, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य हरुले आपसी सहकार्य र समन्वयमा उपमहानगरपालिकामा काम गर्न सुझाव दिनुभयो |