FAQs Complain Problems

अपांगता भएका ब्यक्तिलाई नेपालगञ्जको सहयोग !!

नेपालगञ्ज, असार ४ । नेपालगञ्ज उप–महानगरपालिकाले अपांगता भएका ब्यक्तिहरुलाई शुक्रबार सहायक सामग्री वितरण गरेको छ । नगर प्रमुख उमा थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ वटा ट्राई साईकल, २ वटा वाकर,  ४ वटा ह्विल चेयर, एउटा बैशाखी र १२ वटा सेतो छटी सहयोग गरिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा  अपांग सशक्तिकरण तथा संचार केन्द्रको सहजिकरणमा नेपालगञ्ज नगर स्तरीय अपांगता सञ्जालले गरेको सो कार्यक्रममा अपांगता परिचय पत्र व्यवस्थापनका लागि डिजिटलाईजेसन प्रिन्टर मेसिन र कार्ड समेत उपलब्ध गराइएको छ । सञ्जालका अध्यक्ष गोकर्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह,  राष्ट्रिय अपांग महासंघका केन्द्रीय सचिव भावुकजंग थापा, प्रदेश अध्यक्ष देबीदत्त आचार्य लगायतको सहभागिता थियो ।

Show in Slider: