FAQs Complain Problems

आत्म सुरक्षाका लागि नेपालगञ्जमा महिलालाई तालिम दिइने !!

नेपालगञ्ज, फागुन १६ गते । नेपालगञ्ज उप–महानगरपालिकाको महिला तथा किशोरीहरुको आत्मरक्षाका लागि तालिम सञ्चालन गर्ने भएको छ । किशोरी एवं महिलाहरुको आत्मसुरक्षा सम्बन्धी सिपको विकास गरी लैगिंक हिंसा न्यूनिकरण गर्ने प्रयोजनका लागि आत्मसुरक्षा तालिम सञ्चालन गर्न लागिएको महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिनुभयो । तालिममा १० देखि ५० वर्ष उमेर समुहका महिलाहरुको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिएको छ ।

तालिममा किशोरी  एवं किशोरी समूहका सदस्य, बालक्लबका किशोरी सदस्य  तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिक्ता  दिइने उप–महानगरपालिकाले जनाएको छ । नेपालगञ्ज रङ्गशालामा फागुन २० देखि २४ गतेसम्म तालिम सञ्चालन हुनेछ ।  हरेक दन विहान ६ देखि १० वजेसम्म तालिम सञ्चालन हुने भएको छ ।

 

Show in Slider: