समाचार
आयो नुनको प्रयोग बढाउन अन्तरक्रिया !!
बाँके,माघ २७ । फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा मनाइने कार्यक्रम अन्तर्गत मंगलबार नेपालगञ्जमा पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागितामा अन्तरक्रिया गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा साल्ट टे«ेडिङ नेपालगञ्जका प्रमुख मनोज चौधरीले बाँकेका विभिन्न स्थानमा अहिले पनि ढिके नुनको प्रयोग हुने गरेको जानकारी दिनुभयो । चौधरीले ढिके नुनको प्रयोग रोक्न विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले सहिमात्रामा आयोडिनयुक्त नुन खानुपर्नेमा जोड दिनुभयो । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बशन्त गौतमले आयोनुनको सबैले प्रयोग गर्नुपर्ने अभियान सहित उपभोक्ता शिक्षामा जोड दिनुपर्ने सुझाव दिनुभयो । यसवर्ष नुन खाऔं तर सहि मात्रामा आयोडिन भएको दुई बालबालिकाकोचिन्ह भएको प्याकेटको नुन मात्र खाऔं भन्ने नाराका साथ आयोडिन महिना मनाइदै छ ।