FAQs Complain Problems

समाचार

उपमहानगरपालिकाद्धारा आगो ताप्ने व्यवस्था !!!!

उपमहानगरपालिकाद्धारा आगो ताप्ने व्यवस्था

नेपालगञ्ज पुष १८ गते – नेपालगञ्जमा अत्यधिक जाडो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले आगो ताप्ने ब्यवस्था मिलाएको छ । ३ तिन दिनदेखि हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि सोमबार साँझदेखि नै भिडभाड हुने नगरका विभिन्न स्थानमा दाउरा बाल्ने व्यवस्था मिलाइएको हो । चिसोबाट आहत नगरवासीलाई आगो ताप्ने व्यवस्था गरेर राहत दिलाइएको छ । त्रिभुवन चौक, धम्वोझी चौक, बागेश्वरी मन्दिर लगायतका ११ स्थानमा दाउरा वितरण गरि आगो बाल्ने ब्यवस्था मिलाइएको उपमहानगरपलिका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले जानकारी दिनुभयो । जिल्ला बन पैदावर आपूर्ति समितिबाट दाउरा खरिद गरि जिला प्रशासनसँगको सहकार्यमा दुई चटटा दाउरा बितरण गरिएको हो । जाडो बढिरहेकाले थप वडा र स्थानमा पनि आगो बाल्ने ब्यवस्था मिलाइने उपमहानगरपलिका प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले जनाउनु भयो । चिसोसँगैको शीतलहरले वृद्धवृद्धा, यात्रु, गरिवलाई विशेष कष्ट पु¥याइरहेको छ ।