FAQs Complain Problems

कैदी बन्दीलाई उप–महानगरपालिकाको सहयोग !!

नेपालगन्ज, फागुन ५ गते । नेपालगञ्ज उपमहानगरपालिकाले कारागारमा रहेका कैदी बन्दीका लागि खेलकुदका सामाग्री सहयोग गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले सोमबार कारागार कार्यालय नेपालगञ्जमा पुगि कैदी बन्दीहरुलाई विभिन्न खेलकुदका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

 जिम र ब्याडमिन्टन सेट हस्तान्तरण गरिएको हो । कैदी बन्दीको स्वास्थ्यलाई मध्यनजर गर्दै खेल सामाग्री हस्तान्तरण गरिएको प्रमुख राणाले बताउनुभयो । उपमहानगरपालिकाले कैदीबन्दीको अनुरोधका आधारमा करिब एकलाख मुल्यको खेल सामाग्री सहयोग गरेको हो । नगर प्रमुख राणाले महिला कैदी बन्दीसँग भेटेर उनीहरुका लागि आवश्यक खेल सामाग्री समेत सहयोग गर्ने आश्वासन दिनुभएको छ । सो अवसरमा नेपालगञ्ज कारागारका प्रमुख देवेन्द्र श्रेष्ठ, नेपालगञ्ज उप–महानगरपालिका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

Show in Slider: