FAQs Complain Problems

कोभिड–१९ को खर्च विवरण सार्वजनिक !!

नेपालगञ्ज, भदौ १२ । नेपालगञ्ज उप–महानगरपालिकाले  कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम र राहत वितरणमा भएको खर्च विवरण सार्वजनिक गरेको छ ।  प्रकोप व्यवस्थापन कोमा  एक करोड ७१ लाख ७८ हजार १४६ रुपियाँ आम्दानी भएकोमा एक करोड ५२ लाख  १३ हजार ५२० रुपियाँ खर्च भएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । नगर प्रमुख डा. धवलशम्शेर राणाको उपस्थितीमा उपप्रमुख मगरले खर्च विवरण सार्वजनिक गर्नुभएको हो । कोषमा संघीय सरकार, प्रदेश सरकार, विभिन्न सहयोगीदाता, कर्मचारी, संघ संस्था लगायतले सहयोग गर्नुभएको छ ।  २३ वटै वडा कार्यालयमार्फत १४ हजार ५११ जनालाई दुई करोड ५५ लाख ३४ हजार २५० रुपियाँ बराबरको राहत वितरण भएको उपमहानगरपालिकाले जनाएको छ ।

Show in Slider: