FAQs Complain Problems

समाचार

कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जका वडास्तरमा कार्यक्रम !!

कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जमा वडा कार्यालयहरुको सक्रियता बढेको छ । उप–महानगरपालिकासँगै वडा कार्यालयले समेत रचनात्मक कार्यक्रम गरिरहेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । उपप्रमुख मगरका अनुसार वडा नम्बर १ र १८ ले चिकित्सक सहित कोभिड संक्रमित विरामीहरुलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार तथा परामर्श सेवा दिएका छन् । वडा नम्बर १३ र १४ मा समेत चिकित्सक सहित कोभिड संक्रमितलाई घरदैलोमै पुगेर सेवा दिइएको छ । वडा नम्बर ३ र ७ मा सेनिटाईजर गरिएको छ । वडा नम्बर २ ले स्वास्थ्यकर्मी माग गरेको छ । केहीदिनमै स्वास्थ्यकर्मी सहित घरदैलो कार्यक्रम गरिने भएको छ ।

Show in Slider: