FAQs Complain Problems

कोरोना विरुद्ध नेपालगञ्जमा उच्च सावधानी !!

नेपालगञ्ज, साउन १६ । समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उप–महानगरपालिकाले उच्च सावधानी अपनाएको छ । कार्यालयको मुख्य प्रवेशद्धारमा हात धुने ब्यवस्था गरिएको छ । दुईजना स्वास्थ्यकर्मीले कार्यालयमा प्रवेश गर्ने कर्मचारी र सेवाग्राहीको ज्वरो स्क्यान गरिरहेको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो । सेवाग्राहीका लागि मुख्य प्रवेशद्धारमै सेनिटाईजरको समेत व्यवस्था गरिएको छ । यसैगरी सेवाग्राहीको अति चाप हुने राजश्व शाखामा कुपन प्रर्णाली लागु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक प्रमुखको जिम्मेवारीमा रहनुभएका उपप्रमुख उमा थापा मगरले उपमहानगरपालिकाले सुरुवातदेखि नै कोरोना रोकथाम र नियन्त्रणका लागि अग्रणी भूमिकामा कार्य गर्दै आएको बताउनुभयो । नगर क्षेत्र बाहेक जिल्लाभर कोरोना रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाले जिल्लाका विभिन्न सरोकारवाला निकायसँग समन्वय गरिरहेको उपप्रमुख थापामगरको भनाई छ ।  कार्यालयसँगै नगरबासीलाई समेत कोरोना विरुद्ध सावधानी अपनाउन आग्रह गरिएको मगरले बताउनुभयो ।

 

Show in Slider: