FAQs Complain Problems

क्रिकेट मैदानको डिपिआर !!

नेपालगञ्ज, भदौ २ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ मा अन्तर्राष्टियस्तरको क्रिकेट मैदान निर्माणका लागि डिपिआर तयार हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले क्रिकेट मैदान निर्माणका लागि डिपिआर तयार गर्ने निर्णय गरेको हो । वडा नम्बर ६ मा क्रिकेट मैदान निर्माणका लागि केही दिनअघि मात्रै सार्वजनिक जग्गा बाँडफाँडमा सहमति भएपछि उपमहानगरपालिकाले डिपिआर निर्माण गर्ने निर्णय गरेको हो ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले नगरक्षेत्रभित्रका धार्मिक संघ संस्थाहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

Show in Slider: