FAQs Complain Problems

छाडा पशु चौपाया व्यवस्थापनमा जुट्यो नेपालगन्ज उपमहानगरपालिका !!

नेपालगञ्ज उपमहानगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापन अभियान थालेको छ । आज विहानदेखि नगरका विभिन्न ठाउँबाट छाडा पशु चौपायालाई धपाएर नेपालगञ्ज(२१ विर्तास्थित काञ्जीहाउस लैजान थालिएको छ । नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल आफैं सडकमा निस्केर पशु चौपाया व्यवस्थापन कार्यमा लाग्नुभएको छ । नगर प्रहरी प्रमुख सूर्य बोगटीको नेतृत्वमा छाडा पशु चौपाया काञ्जी हाउस लगिएको छ । आज कारकाँदो क्षेत्रबाट २८ वटा घोडा खच्चडलाई काञ्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख बोगटीले बताउनुभयो ।

सडकमा छाडा पशु चौपाया बढ्न थालेपछि उपमहानगरपालिकाले नियन्त्रण र व्यवस्थापन थालेको हो । छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढ्न थालेपछि नियन्त्रण र व्यवस्थापन कार्यलाई अभियानकै रुपमा अघि बढाइने नगर प्रमुख विष्टले बताउनुभयो । ूदैनिकरुपमा नै अब सडकबाट छाडा पशु चौपाया धपाएर काञ्जीहाउस लैजान्छौं,ू नगर प्रमुख विष्टले भन्नुभयो(ूछाडा पशुचौपाया व्यवस्थापनलाई हामी उच्च प्राथमिकतामा राखेर काम गर्छौं । सडकमा जथाभावी पशु चौपाया छोड्ने विरुद्ध कडा ढंगले प्रस्तुत हुने विष्टको भनाई छ । जथाभावी पशु चौपाया छोड्नेहरुले काञ्जी हाउसमा पुर्याइएका छाडा पशु चौपाया फिर्ता लिन दैनिक १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्दछ । सात दिनसम्म पनि कोही लिन नआएमा लिलाम गरिने उपमहानगरपालिकाले जनाएको छ ।

Show in Slider: