FAQs Complain Problems

समाचार

छाडा पशु चौपाय ब्यवस्थापनको पहल !!

नेपालगंजमा छाडा पशु चौपायको समस्या समाधानका लागि पहल अघि बढाइएको छ । नेपालगंज उपमहानगरपालिकाले बिहिवार सर्वपक्षीय बैठक आयोजना गरि छाडा पशु चौपायको दीर्घकालिन र अल्पकालिन समाधानका लागि योजना बनाएको छ । बैठकको निर्णय अनुसार यहि भदौं महिनाभित्र पशु चौपाय(गाई, गोरु, गधा, खच्चड, घोडा, बंगुर) सडकमा छाडा नछोडन आग्रह सहित माईकिङ सहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ । भदौं मसान्तपछि पशु चौपाय छाडा छोडनेलाई कारवाही गनेृ र यसरी छोडिएका पशु चौपायलाई राख्नका लागि अस्थायी संरचना बनाएर ब्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।  छाडा पशुु चौपायका कारण नगरको ट्राफिक ब्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै नगर प्रमुख विष्टले सडकमा छाडा छोडिएका पशु चौपायलाई अन्यत्र राखेर अल्पकालिन ब्यवस्थापनमा तत्काल जुटेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले सीमा पारीबाट छाडा पशु चौपाय आउन नदिनका लागि सीमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिने बताउनुभयो । ट्राफिक ब्यवस्थापन र नगरको सौन्दर्यताका लागि छाडा पशु चौपायको ब्यवस्थापन आवश्यक भएको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय बाँकेका पञ्मुख श्यामकृष्ण अधिकारीले छाडा पशु चौपायको ब्यवस्थापनका लागि अन्तर पालिका समन्वय गरी सबैको सहकार्य र समन्वय आवश्यक भएको बताउनुभयो । नगर उप प्रमुख कमरुद्धिन राईले  छाडा पशु चौपायको ब्यवस्थापनका लागि उपमहानगरपालिका अब कडाईका साथ प्रस्तुत हुने बताउनुभयो । नेपालगंजमा छाडा छोडिएका मध्ये गाईगोरुलाई नियन्त्रणमा लिएर कांजीहाउसमा राखेपनि लिन कोही नआउने कांजीहाउसका कर्मचारीको भनाई छ । गधा, खच्चड र घोडा भने जरिबाना तिरेर पनि घरधनीले ल्याउने गरेका छन । छाडा पशु चौपायहरु कांजीहाउससहित अन्य अस्थायी संरचना तत्काल बनाएर राखिने भएको छ ।

Show in Slider: