FAQs Complain Problems

नगर प्रमुख डा राणाको बिरामीलाई सहयोग !!

नेपालगञ्ज, फागुन–६ गते– नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले आफनो तलव एक सीकीस्त विरामीलाई प्रदान गर्नु भएको छ ।
उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाले वडा न ७ निवासी पुनम नेपालीलाई उपचारार्थ एक महिनाको तलव÷भत्ता बरावरको ५० हजार सहयोग गर्नु भएको हो ।
नगरप्रमुख डा राणाले आज एक समारोहबीच वादी समुदायमा कार्यरत संस्था कमीट नेपाललाई सो रकम बाराबरको चेक हस्तान्त्रण गर्नु भयो । प्लाष्टिक एनिमीया कारण पुनमको दुई महिनादेखि बोन म्यारोमा समस्या देखिएको छ । उपचारमार्फत पूर्ण निको हुन करिव १० लाख खर्च लाग्ने चिकीत्सकले बताएको पुनमका पनि सुरेश नेपालीले जानकारी दिनु भयो ।

संस्थाका अध्यक्ष प्रकाश वादीलाई चेक हस्तान्त्रण गर्दै डा राणाले आफनो तलव मानवीय सेवामा लगाएर जनप्रतिनीधीप्रतिको गलत धारणा परिवर्तन होस्,समाजमा सकरात्मक सन्देश जाओस् भन्ने ध्येय रहेको बताउनु भयो । उहाँले पुनमको उपचारमा सहयोग गर्न सबैमा अपील समेत गर्नु भयो । डा राणाले हरेक महिनाको तलव मानवीय उत्थानका लागि सहयोग गर्दै आउनु भएको छ । अध्यक्ष वादीले प्रदानित सो सहयोग बैंकमार्फत झीकेर विरामीको उपचारका लागि दिइने जानकारीगराउनु भयो । उपमहानगरपालिका कार्यपालिका सदस्य मञ्जु नेपालीले स्वागत गर्नु भएको कार्यक्रममा वादी महिलाहरुको सहभागिता रहेको थियो ।

Show in Slider: