FAQs Complain Problems

समाचार

नगर प्रमुख राणा योजनाको अनूगमनमा !!

नेपालगञ्ज,फागुन १२ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले नगरभित्र संचालनमा रहेका विकास निर्माणका कामको स्थलगत अनूगमन गरि समस्या देखिएका स्थानमा समाधानका लागि पहल थाल्नुभएको छ । प्रमुख राणा सोमबार नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर ३ स्थित रानीतलाउ नजिकै रहेको सार्वजनिक जग्गाको स्थलगत अनूगमनमा पुग्नुभयो । मेयर राणाले स्थानीय जग्गाधनीलाई सडक फराकिलो बनाउन सहयोग गर्न आग्रह गर्नुभएपछि स्थानीय बासिन्दा नृदिपकुमार श्रेष्ठले सडक फराकिलो गर्न आप्mनो निजी जग्गा उपलब्ध गराउन तयार हुनुभयो । सो अवसरमा नगर प्रमुख राणाले विकासको काममा स्थानीय बासिबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताउनुभयो । वडा अध्यक्ष मोहम्मद अयुव सिद्धिकी सहित ईञ्जिनियर सुरज शर्मा, नक्सा शाखाका पवन भट्ट र नवराज अधिकारी मेयर राणाको साथमा रहनुभएको थियो ।

सो स्थानमा आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि वजेट विनियोजन भईसकेको छ । वडा अध्यक्ष सिद्धिकीले वडा कार्यालयको भवन समेत सोही स्थानमा निर्माण गरिने जानकारी दिनुभयो । ६ कठ्ठा बढि जग्गा रहेको सो स्थानमा बाल उद्यान निर्माण गर्ने योजना समेत रहेको वडाअध्यक्ष सिद्धिकीले जानकारी दिनुभयो । सो अवसरमा नगर प्रमुख राणाले सरकारी जग्गाको संरक्षणका लागि विशेष ध्यान दिन वडा अध्यक्ष सिद्धिकीलाई निर्देशन दिनुभयो । वडा कार्यालय र स्वास्थ्य केन्द्र निर्माणका लागि सबैभन्दा पहिले पर्खाल लगाएर संरक्षण गर्न उहाँले आग्रह गर्नुभयो ।

Show in Slider: