FAQs Complain Problems

समाचार

नेपालगंज उप-महानगरपालिकाको आयोजनामा संचालित स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रशिक्षण कार्यक्रम समापन ।

नेपालगंज उप-महानगरपालिकाको आयोजनामा मिति 2077/12/26 देखि 2077/12/29 गते सम्म संचालित स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन प्रशिक्षण कार्यक्रम आज नेपालगंज उप-महानगरपालिकाको तालिम केन्द्रमा समापन भएको छ। उक्त प्रशिक्षण कार्यक्रम नेपालगंज उप-महानगरपालिका, कार्यपालिका सदस्यहरु र विषयगत शाखाका शाखा प्रमुख एवं प्रतिनिधीको सहभागितामा मिति 2077/12/26 गते नेपालगंज उप-महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री ओमबहादुर खड्का र प्रदेश प्रशिक्षण प्रतिष्ठान, नेपालगंज बाँकेंका कार्याकारी निर्देशक श्री मोती प्रसाद शर्माले संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो।

प्रशिक्षण कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, 2077 ले निर्धारण गरेको 10 वटा क्षेत्रहरुमा ((क) शासकीय प्रबन्ध (ख) सँगठन तथा प्रशासन (ग) वार्षिक बजेट तथा योजना व्यवस्थापन (घ) वित्तीय एवं आर्थिक व्यवस्थापन (ङ) सार्वजनिक सेवा प्रवाह (च) न्यायिक कार्यसम्पादन (छ) भौतिक पूर्वाधार (ज) सामाजिक समावेशिकरण (झ) वातावरण संरक्षण तथा विपद् व्यवस्थापन (ञ) सहकार्य र समन्वय) नेपालगंज उप-महानगरपालिकाले गत आ.व.मा गरेका कार्यप्रगति तथा योजना कार्यान्वयनको समग्र अवस्था बारेमा छलफल गरी कार्यविधिले निर्धारण गरेको आधारमा मूल्याङ्कन गरिएको कार्यक्रम संयोजक श्री दिपेन्द्र श्रेष्ठले बताउनु भयो।

कार्यक्रमको अन्तिम दिन समापन कार्यक्रममा सहभागि नेपालगंज उप-महानगरपालिका प्रवक्ता एवंम वडा नं.1 का अध्यक्ष श्री प्रमोद रिजालले कार्यक्रम अत्यन्तै फलदायी भएको र यसले आफुले गरेका कामको बारेमा समिक्षा गर्ने अवसर प्रदान गरेको बताउनु भयो साथै कार्यविधिमा भएका केहि बुँदाहरु भुगोल सुहाउदो नभएकोले त्यसमा परिमार्जन गर्न सकेमा यसले आगामी दिनमा स्थानीय तहलाई दिशानिर्देश गर्न सहजिकरण गर्ने बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथि श्री उमा थापा मगरले प्रशिक्षक द्वय श्री दान बहादुर एडी र श्री डिल्ली वि.सी. लाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरी यो स्वमूल्याङ्कनले आफुले गरेका कामको आफै मूल्याङ्कन गर्ने अवसर प्रदान गरेको, सन्तुलित विकास तथा नीति/कानुन निर्माणको लागि स्थानीय तहलाई प्रेरित गरेको र यो कार्यविधि आगामी दिनमा स्थानीय सरकारको सारथी हुने विश्वास व्यक्त गर्नुभयो।

 

 

Show in Slider: