FAQs Complain Problems

समाचार

नेपालगञ्जको दशगजास्थित क्वारेन्टाईनमा बसेकाहरुद्वारा पुन क्वारेन्टाईनमा राखिएको भन्दै आपत्ति !!

नेपालगञ्जको दशगजास्थित क्वारेन्टाईनमा बसेकाहरुले आफुहरुको स्वास्थ्य परीक्षण भई घर जान तयार परेको अवस्थामा पुन क्वारेन्टाईनमा राखिएको भन्दै आपत्ति जनाएका छन् ।

क्वारेन्टाईनमा बसेको २१ दिन पुग्नेबित्तिकै  सेनिटाईजरसहित निशुल्क रुपमा सुरक्षित साथ घरमा पुगाउने ब्यवस्था हुनुपर्ने उनीहरुको माग रहेको छ ।  क्वारेन्टाईनमा बसेका १८१ जनाको मागपत्र आईतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा। धवलशम्शेर राणाले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रदेश सांसद कृष्ण केसी पनि सहभागि हुनुभएको थियो । सो अवसरमा प्रमुख राणाले क्वारेन्टाईनमा बसेका बासिन्दाको पीडालाई गम्भिरतापूर्वक लिन संघीय सरकारको ध्यानाकर्षण गराउनुभयो । लाई हस्तान्तरण गर्नुभएको हो ।

Show in Slider: