FAQs Complain Problems

समाचार

नेपालगञ्जमा अन्तर्राष्ट्रिय अपांगता दिवस !!

नेपालगञ्ज, मंसिर १७ । २८ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मंगलबार नेपालगञ्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । २८ औं अन्तर्राष्ट्रिय अपांगता दिवस मुल समारोह समिति नेपालगञ्ज उप–महानगरपालिका नगर कार्यपालिका र नगर स्तरीय अपांगता सञ्जालको आयोजनामा नेपालगञ्जमा ¥याली तथा सभा गरि दिवस मनाइएको हो । नगरका विभिन्न स्थानको परिक्रमा गरि ¥याली उपमहानगरपालिकाको कार्यालयमा पुगेर सभामा परिणत भएको हो । कार्यक्रमका सहभागीले जुनसुकै अवस्था र जहिले पनि मानिसहरु अपांगता हुन सक्ने भएकाले उनीहरुका सवालमा गम्भिर बन्नुपर्नेमा जोड दिनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिका सामाजिक विकास समितिका सदस्य तथा वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तव, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेल, महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, कार्यपालिका सदस्य बशन्ता जोशी, देउमल सुनार, बाँके नेत्रहिन संघका भावुकजंग थापा लगायतले मन्तव्य ब्यक्त गर्दै अपांगका सवालमा गम्भिर रहेको बताउनुभयो । कार्यक्रममा अपांगता भएका ब्यक्तिहरुले विभिन्न प्रस्तुती समेत प्रस्तुत गर्नुभएको थियो । दीगो विकासको लक्ष्य अपांगमैत्री भविष्य, पहुँचयुक्त भविष्य बनाउँछौ अवश्य भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।

Show in Slider: