FAQs Complain Problems

नेपालगञ्जमा आयोडिन महिनाको कार्यक्रम !!

नेपालगञ्ज, फागुन १७ । नेपालगञ्ज उप–महानगरपालिकाको चिडिमार वस्तीमा  आयोडिन नुनको प्रचारात्मक कार्यक्रम गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दको नेतृत्वमा शनिबार चिडिमा वस्तीमा जनचेतनामुलक कार्यक्रम गरिएको हो । फेब्रुअरी महिना आयोडिन महिनाको रुपमा मनाउने गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाबाट सुरु भएको जनचेतनामुलक रयाली सुर्खेतरोड हुँदै चिडिमार वस्तीमा पुगेको थियो ।  भेरी नर्सिङ कलेज नेपालका  विद्यार्थीहले आयोडिनको महत्वबारे बुझाउदै रयालीमा नारा लगाएका थिए । कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख चन्दले  शारिरिक र मानसिककमजोरीबाट जोगिन आयोडिनयुक्त नुनको प्रयोग गर्न सुझाव दिनुभयो ।

Show in Slider: