FAQs Complain Problems

नेपालगञ्जमा डेढलाखलाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइदै !!

नेपालगञ्ज, चैत २० । राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम–२०७७ अन्तर्गत आम औषधी सेवन कार्यक्रम शुक्रबारदेखि नेपालगञ्ज उपमहानगरपालिकामा पनि सुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायतले विहान हात्ती पाईले रोग विरुद्धको औषधी सेवन गरि कार्यक्रमको सुभारम्भ गर्नुभयो । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार पहिलो दिन शुक्रबार विभिन्न स्थानमा राखिएका बुथकेन्द्रमा औषधी सेवन गराईदैछ ।  शनिबारदेखि भने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकाहरुले घरमै पुगेर औषधी खुवाउनेछन् । नेपालगञ्जमा हात्ती पाईले रोग निवारण कार्यक्रमका लागि १११ जना स्वास्थ्यकमर््ी र २०१ जना महिला स्वास्थ्य स्वयमसेविकाहरु परिचालन गरिएको छ ।

औषधी सेवन अभियान चैत मसान्तसम्म सञ्चालन हुने भएको छ । नेपालगञ्जमा यसपटक एकलाख ४९ हजार ९२ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।  नगर उपप्रमुख उमा थापा मगरले यसपटकको अभियान प्रभावकारी बनाउनका लागि विशेष अभियान सञ्चालन गरिएको जानकारी दिदै निर्धक्कसँग औषधी सेवन गर्न नगरबासीमा अपिल गर्नुभएको छ ।

Show in Slider: