FAQs Complain Problems

समाचार

नेपालगञ्जमा वृहत प्रदर्शन सहित १६ दिने अभियानको सुभारम्भ !!

नेपालगञ्जमा वृहत ¥याली प्रदर्शन गरि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सुभारम्भ गरिएको छ । समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यवद्धता भन्ने मुल नाराका साथ १६ दिने अभियानको सुभारम्भ गरिएको हो । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान नगर स्तरीय मुल समारोह समिति र नेपालगञ्ज उप–महानगरपालिका नगर कार्यपालिकाको आयोजनामा सोमबार उप–महानगरपालिका कार्यालयबाट सुरु भएको प्रदर्शन, त्रिभुवन चोक, सहिद सेतु विक चोक हुँदै धम्बोझी चोकमा पुगेर समापन भएको थियो । सभालाई सम्बोधन गर्दै नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले लैङ्गिक हिंसा ठुलो समस्याको रुपमा रहेको भन्दै यसको अन्त्यका लागि सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।

उपप्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वली, नेपालगञ्ज उप–महानगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह, राष्ट्रिय मानव अधिकार आयोगका द्वारिका अधिकारी, माईती नेपाल नेपालगञ्जका कार्यक्रम संयोजक केशव कोइराला लगायतले मन्तव्य व्यक्त गर्दै लैङ्गिक हिंसा अन्त्यका लागि सामुहिक प्रयास आवश्यक पर्ने बताउनुभयो । कार्यक्रममा चेतनामुलक सडक नाटकसँगै सेतो रिवन वितरण र प्रतिवद्धताका लागि हस्ताक्षर समेत गरिएको छ । अभियान अन्तर्गत घरदैलो अभियान र सेतो रिवन वितरण गर्ने, रेडियो संवाद गर्ने, बालगृह, सुधार गृह र कारागार अनूगमन गर्ने, अन्तरक्रिया गर्ने, विद्यालयमा अभिमुखिकरण लगायतका कार्यक्रम संचालन गर्ने महिला तथा बालबालिका शाखा प्रमुख शाहले जानकारी दिनुभयो । अन्तिम दिन मंसिर २४ गते अन्तरक्रिया गरिनेछ ।

Show in Slider: