FAQs Complain Problems

नेपालगञ्जमा समुदायमा डेंगी भेटिएपछि लामखुट्टेका लार्भा नष्ट गरिदैं !!

नेपालगञ्ज, भदौं २० गते । नेपालगञ्ज उप–महानगरपालिकामा डेंगी ज्वरोका विरामी भेटिएपछि लामखुट्टेका लार्भा र फुलहरु नष्ट गर्न सुरु गरिएको छ । सोमबार विहानदेखि स्वास्थ्यकर्मी, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीय बासिन्दाहरु डेंगी सार्ने मुख्य माध्यम लामखुट्टेका लार्भा र फुलहरु नष्ट गर्ने अभियानमा निस्केका हुन । बाँकेमा ११ जनामा डैंगी देखिएपनि  लामो समयसम्म बाहिरी यात्रामा नरहेका गणेशपुरका एकजनामा डेंगी देखिएपछि सचेतनाका लागि कार्यक्रम सुरु गरिएको पालगञ्ज उप–महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो ।

बसपार्क क्षेत्रमा रहेका टायर, पानीका बोत्तलभित्र जमेको पानीमा डेंगी सार्न सक्ने लामखुट्टेका लार्भा प्रशस्त मात्रामा फेला परेका छन् ।

एडिस जातको लामखुट्टेको टोकाईबाट डेंगी सर्ने भएकाले लामखुट्टेको टोकाईबाट बच्नु सबैभन्दा प्रभावकारी हुने स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग सम्पर्क ब्यक्ति दुर्गा गौतमले जानकारी दिनुभयो । एडिस लामखुट्टे सफा जमेको थोरै पानीमा बस्ने भएकाले  पानी जम्ने टिन, प्लाष्टिकका डब्बा, र बोत्तल, गमला, फुलदानी, कुलर पानीको ट्याङ्की, टायर लगायतका स्थानमा जमेको पानीमा फुल पार्ने र लामखुट्टेको विकास हुने भएकाले पानी खाली गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिकाका किटजन्य रोग सम्पर्क ब्यक्ति तेज वलीले बताउनुभयो । वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले वडामा समुदायस्तरमा डेंगी देखिएपछि वडाभर सचेतना अभियान सुरु गरिएको जानकारी दिनुभयो ।   लामखुट्टे नष्ट पार्ने कार्यमा नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य वशन्तकुमार कनौजिया लगायतका जनप्रतिनिधीहरुको पनि सहभागिता थियो ।

Show in Slider: