FAQs Complain Problems

नेपालगञ्जमा स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा !!

नेपालगञ्ज, चैत २० । नेपालगञ्ज उप–महानगरपालिकाले स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले शुक्रबार कार्य सञ्चालन केन्द्रको उद्घाटन गर्नुभयो ।

स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा आएपछि विपद व्यवस्थापनका थप सहयोग पुग्ने नगर प्रमुख डा. राणाले बताउनुभयो । केन्द्र सञ्चालनका लागि जिआईजेडले आवश्यक सामग्री सहयोग गरेको छ । उपप्रमुख मगरले नेपालगञ्ज उप–महानगरपालिकामा आपतकालिन कार्य सञ्चालन केन्द्र सञ्चालन भएपनि विभिन्नखालका विपदसँग जुध्न सहयोग मिल्ने बताउनुभयो । शुक्रबार नै  नेपालगञ्ज उप–महानगरपालिकाका जनप्रतिनिधी, कर्मचारी लगायतलाई लक्षित गरी अभिमुखिकरण गरिएको छ ।

जिआईजेडका प्राविधिक सल्लाहकार यादव ओझा र कन्सलटेन्ट भुपमणी दाहालले जिल्लास्तरमा रहेको  आपतकालिन कार्यसञ्चालन केन्द्रलाई स्थानीय तहको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्रले सहयोग पु¥याउने बताउनुभयो । देशकै सिमित स्थानीय तहमा मात्रै स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा आएको भन्दै उहाँले नेपालगञ्जपछि आसपासका अन्य स्थानीय तहले पनि केन्द्र सञ्चालन गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

 

Show in Slider: