FAQs Complain Problems

नेपालगञ्जमा होम आईसोलेसनलाई प्रभावकारी बनाइदै !!

नेपालगञ्ज, बैशाख १८ गते । नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि घरमै आईसोलेसन बस्नेहरुको संख्या बढ्न थालेको छ ।

हाल नेपालगञ्ज उपमहानगरपालिकामा दुई हजार ३६६ जना घरमै आईसोलेसनमा बसेको सम्पर्क व्यक्ति राजन शाहीले जानकारी दिनुभयो ।

। नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटा वडा मध्ये वडा नम्बर १० मा सबैभन्दा बढि ६५० जना घरमै आईसोलेसनमा बस्नुभएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सामान्य लक्षण सहितका विरामीलाई ह्वाईटहाउसस्थित आईसोलेसनमा राख्ने व्यवस्था गरिएको छ भने रामलिला मैदानस्थित तालिम केन्द्रमा अक्सिजन सहितको आईसोलेसन केन्द्र सञ्चालनमा छ । घरमै आईसोलेसनमा बसेकाहरुलाई सुरुमा सम्पर्क ब्यक्तिले स्वास्थ्य अवस्थाबारे जानकारी लिने र पछि पनि समय समयमा परामर्शको काम गर्दै आएको स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले होम आईसोलेसनमा बसेकाहरुको स्वास्थ्य अवस्थाबारे समयसमयमा जानकारी लिई आवश्यक परामर्शमा निरन्तर खटिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिइएको बताउनुभयो ।

Show in Slider: